निषेधाज्ञा खुकुलोसँगै उपत्यकामा चहलपहल, बिहीबारका बारेमा प्रशासन मौन !

aaaaaa

काठमाडौं । गत तीनसाता अघिदेखिको निषेधाज्ञा आजदेखि उपत्यकामा केही खुकुलो भएको छ । यससँगै उपत्यकामा जनजीवन सामान्य हुँदै गएको छ ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी निषेधाज्ञामा केही खुकुलो गर्ने निर्णय गरेसँगै उपत्यकामा चलहपहल देखिएको छ । प्रशासनले जारी गरेको सूचनाअनुसार साताका ६ वटा बारमा विभिन्न पसलहरु बर्गीकरण गर्ने खुल्ने दिन तोकिए पनि बिहीबारका लागि केही पनि उल्लेख गरिएको छैन ।

सवारीसाधनमा जोर बिजोर प्रणाली लागू भएसँगै आज २५ गते बिजोर नम्बरका सवारी साधन सञ्चालनमा आएका छन् भने तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रशासन कार्यालयहरूले बुधबार जारी गरेको आदेशमा फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म खुला गर्न दिने निर्णय भएपछि त्यस्ता पसलहरू बिहानैदेखि खुलेका छन् ।

प्रशासनका अनुसार सपिङ मल, फेन्सी, कपडा, जुत्ता, कस्मेटिक पसल सोमबार, बुधबार र शनिबार खुल्ने जनाइएको छ भने भाँडा र भान्साजन्य सामान स् आइतबार, मंगलबार र शुक्रबार खुल्ने छ ।

त्यस्तै फर्निचर र अटो मोबाइल पसलहरु सोमबार र बुधबार मात्र खुल्ने जनाइएको छ । तर अन्य ६ वटा बारमा विभिन्न पसलहरुको बर्गीकरण गरेको प्रशासनले बिहीबारका लागि भने कुनै निश्चित पसलहरुको बर्गीकरण गरेको छैन ।

 

 

Comments

Top