काठमाडौंमा फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध !

maha

 

काठमाडौं । काठमाडौंमा फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध लाग्ने सम्भावना देखिएको छ ।

काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेख्दै फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन माग गरेसँगै काठमाडौंमा फुटपाथ तथा ठेलाको व्यापार प्रतिबन्ध हुने अनुमान गरिएको छ ।

यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त आदेशपछि भदौ २४ गतेदेखि भने खुला गरिएको थियो ।

फुटपाथ र ठेला ब्यापारले शहरमा समुदाय तहमा कोरोना संक्रमण फैलिने जोखिम थप बढ्ने भएकोे यस्ता व्यापारमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिएको जनाइएको छ ।

maha-1

Comments

Top