काठमाडाैंमा ६२० सहित उपत्यकामा ६९६ संक्रमित थपिए

Corona_Test

 

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ६९६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

गौतमका अनुसार पछिल्लो काठमाडौं जिल्लामा पछिल्लो २४ घन्टामा ६२० जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै भक्तपुर र ललितपुरमा क्रमशः ३८ र ३८ जनामा संक्रमण देखिएको हो ।

नेपालमा हालसम्म ५१ हजार ९ सय १० जना संक्रमित पुगेका छन् । त्यस्तै हालसम्म ३६ हजार ६ सय ७२ जना कोरोना मुक्त भइसकेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Comments

Top