नेयमार कोरोनामुक्त, अभ्यासमा फर्किए

Neymar

 

 

पेरिस । विश्व फुटबल एवं ब्राजिलका स्टार फुटबलर नेयमार कोरोना मुक्त भएका छन् ।

फ्रान्सेली क्लब पिएसजीबाट व्यावसायिक फुटबल खेल्दै आएका नेयमारलाई १० दिन अघि कोरोना पुष्टी भएको थियो ।

उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफू कोरोनामुक्त भएको जनाउँदै अभ्यासमा फर्किएको जनाएका छन् ।

सेप्टेम्बर २ मा नेयमार, डिमारियासहित क्लका अन्य तीन खेलाडीको कोरोना संक्रमण देखिएको थियो । केही दिन अघि पीएसजीकै अर्का स्टार एवं फ्रान्सेली स्टार केलियन एमबाप्पेलाई पनि संक्रमण देखिएको थियो ।

Comments

Top