देशभर थप १२०१ संक्रमित थपिए, संक्रमित संख्या ५३ हजार नाघ्यो

Corona_Update

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२०१ जना संक्रमित थपिएका छन् । शुक्रबार थपिएको संख्यासँगै हालसम्म नेपालमा ५३ हजार १ सय ११ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार १ सय ७६ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।

 

Comments

Top