सिन्धुपाल्चोक अपडेटः तीनजनाको शव फेला, २८ बेपत्ता

Bajirsingh

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा आइतबार बिहान गएको पहिरोमा परि बेपत्ता भएका मध्ये ३ जनाको शव फेला परेको छ । आज बिहान गएको पहिरोमा परि १२ घरका २८ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

हालसम्म उक्त पहिरोमा परि बेपत्ता मध्ये नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्ककी २३ वर्षीया जुनुमाया विक र ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जनाइएको छ ।

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ ।

Comments

Top