कोरोनाबाट बच्नका लागि सूर्यविनायकको अग्रगामी कार्य, १ घर १ गुर्जोको विरुवा वितरण गर्दै वडा कार्यालय (सूचनासहित)

Mahesh_Gurjo

 

भक्तपुर । कोरोना नियन्त्रणमा भक्तपुरको सूर्यबिनायक नगरपालिकाले अभियान नै चलाएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ७ द्वारा सम्पूर्ण वडाबासीहरुलाई कोरोना संक्रमणबाट बच्नका लागि प्रयोग गरिने गुर्जोको विरुवा वितरण गर्ने भएको छ ।

वडा कार्यालयले गुर्जोको नियमित सेवनबाट कोरोना संक्रमणबाट बच्नका लागि सहयोगी सिद्ध हुने बताउँदै वडाका सम्पूर्ण घरहरुलाई प्रतिघर एकवटा विरुवा दिने जनाएको छ ।

नेकपा केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद महेश बस्नेतबाट प्रत्येक घरधुरीलाई गुर्जोको विरुवा वितरण गर्ने कार्यक्रम रहेको उक्त कार्यक्रममा वडा कार्यालयले कोरोना जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्ड पूरा गरेर आउनुपर्ने जनाएको छ ।

सूर्यविनायक वडा नं. ७ स्थित गुन्डूचोक खानेपानी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वितरण गर्न लागिएको उक्त गुर्जोका विरुवा गुर्जो विरुवा अभियन्ता कमलबहादुर राजलवटको सौजन्यमा हुने जनाइएको छ ।

gurjo

Comments

Top