क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

Vijaya_1

 

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेन उदय कोल्हात्करलाई समेत कोरोना संक्रमण पुष्टी भएको छ ।

दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । अहिले उनी सोल्टी होटेलमा छन् ।

उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ ।

दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।

 

Comments

Top