देशभर थप ११७० संक्रमित थपिए, संक्रमित संख्या ५५ हजार नाघ्यो

Corona_Update

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ११७० जना संक्रमित थपिएका छन् । सोमबार थपिएको संख्यासँगै हालसम्म नेपालमा ५५ हजार ३ सय २९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ८ सय ७८ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

पछिल्लो २४ घन्टामा नेपालमा ८७९ जना निकाे भएसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।

 

Comments

Top