उपत्यकामा ८ सहित देशभर थप १५ जनाको मृत्यु, मृतक संख्या ३६० पुग्यो

Died_Corona1

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ५ पुरूष र १० महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ महिला र ५ पुरुष सहित ६ जना, भक्तपुरमा १ पुरुष, ललितपुरमा १ पुरुष, मोरङमा २ पुरुष, रामेछापमा १ पुरुष, गोरखामा १ महिला, नवलपरासीमा १ महिला, पर्सामा १ महिला र कपिलवस्तुमा १ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै ८ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा ११७० जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म देशभर ५५ हजार ३२९ जना संक्रमित भएका छन् भने ३९ हजार ५ सय ७६ जना कोरोना मुक्त भइसकेका छन् ।

 

Comments

Top