नेपालमा एकै दिन १५३९ संक्रमित थपिए

 Corona_Update

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १५३९ जना संक्रमित थपिएका छन् । बुधबार थपिएको संख्यासँगै हालसम्म नेपालमा ५८ हजार ३ सय २७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ रहेको छ । पछिल्लो २४ घन्टामा देशभर १० हजार ४ सय ९४ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । यससँगै हालसम्म देशभर ८ लाख ७२ हजार २७४ जनाको पीसीआर परिक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

पछिल्लो २४ घन्टामा नेपालमा १०६८ जना निको भएसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४१ हजार ७ सय पुगेको छ ।

Comments

Top