कृशलको 'देखेथें आज तिमीलाई'... (भिडियोसहित)

krisal

 

देखेथें आज तिमीलाई किताब च्यापी घर फर्किँदै
म त्यहीँ कुरिरहेको थिएँ तिमी आउँछ्यौं कि भनि पर्खिँदै

नेपाल आइडलका ‘क्युटेस्ट’ प्रतियोगी कृशल कँडेल । नेपाली सांगीतिक दुनियाँका उदाउँदा तारा । धादिङमा रहँदै गर्दा नेपाल आइडलको अडिसन दिएर प्रतियोगितामा होमिएका कृशल । भलै नेपाल आइडलको उपाधि हात पार्न नसके पनि उनले नेपाली सांगीतिक क्षेत्रमा सबल उपस्थिति जनाइसकेका छन् ।

प्रतियोगिताबाट बाहिरिए लगत्तैदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका कँडेलको स्वरमा ‘देखेथें आज तिमीलाई’ नामक म्युजिक भिडियो बजारमा आएको छ । ह्वाइट मिडियाको उत्पादन रहेको ‘देखेथें आज तिमीलाई’ मा कृशलको स्वर रहेको छ भने मानस विक्रम थापाको शब्द रहेको यस गीतको संगीत विक्रम पौडेलको रहेको छ ।

कृशल स्वयंले योञ्जना आलेमगरको साथमा अभिनय गरेको यस भिडियोमा कृशल गायनमा मात्र नभई अभिनयमा पनि उदाउँदो प्रतिभा रुपमा देखिनसक्ने गरी निर्देशक शक्तिप्रज्वल घिमिरेले प्रस्तुत गरेका छन् । यस भिडियोमा नमराज घिमिरेको क्यामेरा रहेको छ भने प्रवीन थापाले कोरियाग्राफी गरेका छन् ।

भिडियोः देखेथें आज तिमीलाई

 

Comments

Top