नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या चार सय नाघ्यो, संक्रमित संख्या ६२ हजार बढी

Corona_Update

काठमाडौं । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय नाघेको छ । पछिल्लो ७ महिला र ४ पुरुषको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय १ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै हालसम्म देशभर संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १०३३३ नमुना परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार ४ सय ४७ संक्रमण मुक्त भएसँगै हालसम्म नेपालमा ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

Comments

Top