भक्तपुर अस्पतालका अध्यक्ष सुवाललाई कोरोना पुष्टि

bhaktapur hospital

भक्तपुर । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसीआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

यसपछि उनी भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना भएका छन् । जिल्लामा आजसम्म एक हजार १०० भन्दा बढीलाई कोरोना पुष्टि भएको र १८ जनाले ज्यान गुमाइ सकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Comments

Top