मिस नेपाल २०१७ को तयारीमा नीति शाह

काठमाडौं। मिस नेपाल २०१७ को प्रतिस्पर्धाका लागि २१ वर्षीया नीति शाह विजेताको बेजोड प्रतियोगी हुन् ।थुप्रै प्रतियोगीहरूलाई उछिनेर २० जनाभित्र पर्न सफल नीति अहिले आयोकको बन्द प्रशिक्षणमा छिन् । बिहानै प्रशिक्षणमा जाने र दिनभरि प्रतियोगिताको तयारी गर्ने उनको अहिलेको दिनचार्य हो । नीतिका सहपाठीहरूका अनुसार उनले मिस नेपाल २०१७ को उपाधि विजेता बन्नेमा ढुक्क छन् । सेन्टजेभियर्समा चार्टर्ड एकाउन्ट अध्ययनरत नीति अन्तिम वर्षको परीक्षाको तयारीमा छिन् ।दाङ जिल्लाको घोराही उप–महानगरपालिका धर्ना निवासी (हाल काठमाडौं) नीति अध्ययनमा पनि उत्तिकै जेहेन्दार छात्रा हुन् । नीति नवल शाहकी छोरी हुन् ।

 हिडेन ट्रेजरले प्रत्येक वर्ष गर्दै आएको मिस नेपालको यस वर्षको संस्करणको प्रमुख दाबेदार हुन्, नीति । क्यामरा लुक्सका लागि अत्यन्तै उपयुक्त मानिएकी नीतिलाई घुमघाम, साथीभाइसँगको रमाइलोका साथै बेलाबेला क्लव जान पनि मन पराउँछिन्।

 नीतिलाई दरबारमार्गस्थित ‘भिक्ट्री ’ क्लव अलिक धेरै मन पर्छ । बेलाबेला नीति क्लव ‘भिक्ट्री’मा गएर साथीहरूसँग रमाइलो गर्ने गरेकी छिन् ।

Comments

Top