अन्ततः नेपाल प्रहरीमा ४८८ इन्स्पेक्टरको सरुवा, साँखुमा खरेल र बूढानीलकण्ठमा तामाङ (सूचीसहित)

Police

 

काठमाडौं । नेपाल प्रहरीमा लामोसमयदेखि रोकिइराखेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।

नेपाल प्रहरीले डीएसपी सरुवाको करिब १ महिनाभन्दा धेरै समयमा इन्स्पेक्टरको सरुवा गरेको हो ।

उपत्यकाकै सबैभन्दा आकर्षक पोस्टीङ मानिएको महानगरीय प्रहरी प्रभाग साँखुमा जानुकादेवी खरेलले बाजी मारेकी छिन् । यस अघि प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत रहेकी खरेल इन्स्पेक्टरका लागि आकर्षक केन्द्र मानिएको साँखुमा सरुवा भएकी हुन् ।

त्यस्तै महानगरीय प्रहरी प्रभाव बुढानीलकण्ठमा राजकुमार तामाङको सरुवा भएको छ । यसअघि बूढानीलकण्ठका इन्स्पेक्टर अनियमितताको आरोपमा तानिएका थिए । त्यस्तै राजधानीको केन्द्र मानिएको दरबारमार्गमा बच्चुराम फुँयालको सरुवा भएको छ ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकमा किसन बस्नेत सरुवा भएका छन् । यससँगै प्रधान कार्यालयले देशभरका ४ सय ८८ इन्स्पेक्टरको सरुवा गरेको हो ।

 

लिस्टः

इन्सपेक्टर सरूवाको सूची

Comments

Top