पछिल्लो एकदिनमा १३५६ नयाँ संक्रमित थपिए, ८२३ डिस्चार्ज

Corona_Update

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३५६ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ । पछिल्लो २४ घन्टामा देशभर ११ हजार १ सय ९० जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । हालसम्म देशभर जम्मा ९ लाख ३४ हजार ९७७ हजार पीसीआर गरिएको छ । 

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ८२३ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

Comments

Top