छिमेकीको नियतिः भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९० हजार नाघ्यो, ५६ लाखभन्दा बढी संक्रमित

ind

 

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ ।

पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा पछिल्लो २४ घन्टामा १ हजार ५६ जना थपिएसपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार २१ पुगेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८० हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

बुधबार ८० हजार ३९१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५६ लाख ४० हजार ४९६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४५ लाख ८१ हजार ८२० जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ६८ हजार ६५५ जनाको उपचार भइरहेको छ ।

 

Comments

Top