काठमाडौंमा ६०९ सहित उपत्यकामा थप ७५५ जना कोरोना संक्रमित

Corona_Test

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ७५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार काठमाडौं जिल्लामा ६०९ भक्तपुरमा ५१ र ललितपुरमा ९५ जना नयाँ संक्रमित थपिएका हुन् ।

उक्त संख्या देशभर थपिएका नयाँ संक्रमितको ५० प्रतिशतभन्दा धेरै रहेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १४९७ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ।

त्यस्तै हालसम्म देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।

Comments

Top