देशभर कोरोनाबाट थप १७ जनाको मृत्यु, मृतक संख्या ४५३ पुग्यो

Died_Corona1

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंमा १ महिला र ३ पुरुष, मोरङमा १ महिला, झापामा १ पुरुष, सुनसरीमा एक महिला, धनुषामा २ पुरुष, रौतहतमा १ पुरुष, भक्तपुरमा १ महिला र १ पुरुष, धादिङमा १ महिला, तनहुँमा १ पुरुष, दाङमा १ पुरुष, कपिलवस्तुमा १ पुरुष र नवलपरासीमा १ पुरुष गरी १७ जना छन् ।

मन्त्रालयका अनुसार यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १४९७ जनामा कोरोना संक्रमण देखिएको छ ।

Comments

Top