बैंकिङ कसुरकी फरार अभियुक्त ६ वर्षपछि पक्राउ

Banepa

 

बनेपा । इलाका प्रहरी कार्यालयबाट खटिएको एक टोलीले ६ वर्षदेखि बैंकिङ कसुरमा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको प्रहरीले बनेपा नगरपालिका वडा नं. ६ मा लुकिछिपि बसिरहेको अवस्थामा बैंकिङ कसुरकी प्रतिवादी जयन्ती केसीलाई पक्राउ गरेको हो ।

उच्च अदालत पाटनबाट बैंकिङ कसुरमा दोषी ठह¥याई ११ करोड ८२ लाख ९२ हजार १ सय १६ जरिवाना र तीन वर्ष कैद तोकिएकी निज केसी ६ वर्षदेखि फरार सूचीमा रहेकी थिइन् ।

उनलाई उच्च अदालत पाटनले २०७१ साल वैशाख २९ गते बैकिङ कसुर मुद्धामा रु ९,४७,९२,११६।७८ (नौ करोड सतचालीस लाख बयानब्य हजार एक सय सोह्र) रुपैयाँ र रु २,३५,००,०००।– (दुई करोड पैतिस लाख) गरी जम्मा रु ११,८२,९२,११६।— (एघार करोड बयासी लाख बयानब्य हजार एक सय सोह्र) जरिवाना तथा ३/३ बर्ष कैद सजाय तोकेको थियो।

लुकिछिपि अवस्थामा फेला परेपछि उनलाई पक्राउ गरी प्रहरीले आवश्यक कारबाहीको लागि काभ्रे जिल्ला अदालतमा पठाएकोमा अदालतले उनलाई थुनामा पठाएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

Comments

Top