दिल्लीको दोस्रो खेलमा सन्दीपले मौका पाउने !

sandeep

 

काठमाडौं । स्टार नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले जारी १३ औं आईपीएल टी–ट्वान्टीअन्तर्गत शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । युईएस्थित दुबई रंगशालामा साँझ पौने आठ बजे भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीको टिम चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्सबीच हुँदैछ ।

पहिलो खेलमा जित हात पारेको दिल्लीबाट सन्दीप लामिछानेले टिममा स्थान बनाउने नबनाउनेमा कुनै निश्चित भने भइसकेको छैन ।

सिपिएलपछि आईपीएलका लागि सिधै युएई गएका सन्दीपले एक साताको क्वारेन्टाइनपछि प्रशिक्षणमा फर्किएका छन् । यसबाट उनी पनि खेलमा मौका पाउने सम्भावना रहे पनि दिल्लीको टिममा स्टार स्पिन बलरहरु रहेको अवस्थामा सन्दीपले टिममा मौका पाउने सम्भावना भने कम देखिएको छ ।

दिल्लीले आफ्नो दोस्रो खेलमा स्टार बलर रविन्द्र आश्विनको स्वास्थ्यको प्रतिक्षा गरेको छ । उनी पहिलो खेलमा सामान्य घाइते भएका थिए । त्यसबाट सन्दीपले मौका पाउने सम्भावना रहेको छ ।

दिल्लीको सम्भावित टिममा, पृथ्वी शाह, शिखर धवन, सिमरन हेटम्यार, श्रेयस ऐयर, ऋषभ पन्त, मार्कस स्टोनिस, अक्षर पटेल, रविन्द्र आश्विन, अमित मिश्र, कासिगो राबडा, सन्दीप लामिछाने, मोहित शर्मा रहेका छन् ।

Comments

Top