छिमेकीको नियतिः भारतमा संक्रमित संख्या ५९ लाख नाघ्यो, मृतक संख्या ९३ हजार बढी

ind

काठमाडौं । भारतमा कोरोना संक्रमित संख्या ५९ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ८५ हजार ४ सय ६८ जना नयाँ संक्रमित थपिएसँगै भारतमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ५९ लाख १ हजार ५ सय ७१ पुगेको छ ।

पछिल्ला दिनमा अत्याधिक नयाँ संख्यामा संक्रमित बढीरहेको भारत हालसम्म संक्रमित सूचीमा विश्वको दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको अमेरिकामा भन्दा करिब १३ लाख कम संक्रमित रहेको भारतमा हालसम्म ९३ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घन्टामा १ हजार ९३ जनाको मृत्यु भएपछि हालसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९३ हजार ४ सय १० पुगेको छ ।

त्यस्तै हालसम्म भारतमा कोरोनामुक्त हुनेको संख्या ४८ लाख ४६ हजा १ सय ६८ रहेका छन् । ती बाहेक ८ हजार ९ सय ४४ जना कोरोना संक्रमित गम्भीर अवस्थामा रहेका छन् ।

हालसम्म विश्वमा ३ करोड २७ लाख ४३ हजार ३ सय ३४ जना कोरोना संक्रमित रहेका छन् भने ९ लाख ९२ हजार ८ सय ८६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै हालसम्म २ करोड ४१ लाख ६३ हजार ९ सय ४४ कोरोनामुक्त भइसकेका छन् ।

 

Comments

Top