देशभर थप १२०७ संक्रमित, हालसम्म संक्रमित संख्या ७१ हजार ८ सय २१ पुग्यो

Corona_Update

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२०७ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ । पछिल्लो २४ घन्टामा देशभर १० हजार १९ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । हालसम्म देशभर जम्मा ९ लाख ७८ हजार २ सय ४ को पीसीआर गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ११४७ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।

 

Comments

Top