उपत्यकामा ७२४ संक्रमित थपिए, देशभर कोरोनाबाट थप ८ जनाको मृत्यु

Corona_Test

 

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ७२४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार काठमाडौं जिल्लामा ५८३ भक्तपुरमा ६३ र ललितपुरमा ७८ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १०२७ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ।

त्यस्तै हालसम्म देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।

त्यस्तै देशभर पछिल्लो २४ घन्टामा ८ जना पुरूषको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेकाे छ ।

 

Comments

Top