विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो, भारतमा ६० लाख बढी संक्रमित

10_W

काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० लाख २ सय २ पुगेको छ ।

त्यस्तै विश्वमा हालसम्म संक्रमितको संख्या ३ करोड ३१ लाख ७७ हजार ४ सय १६ पुगेको छ भने २ करोड ४५ लाख ६ हजार ९ सय ३१ जना कोरोनामुक्त भएका छन् ।

अहिलेसम्मको तथ्यांकका आधारमा विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अमेरिकामा रहेका छन् । अमेरिकामा ७२ लाख ९४ हजार ३२ जना संक्रमित पुगेका छन् भने २ लाख ९ हजार २ सय ३६ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा हालसम्म ६० लाख ४१ हजार ६ सय ३८ संक्रमित पुगेका छन् भने ९४ हजार ९ सय ७१ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top