उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण

Corona_Test

 

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ८१७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार काठमाडौं जिल्लामा ६४९ भक्तपुरमा ३६ र ललितपुरमा १३२ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १३५१ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ६६५ पुगेको छ।

त्यस्तै हालसम्म देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ ।

त्यस्तै देशभर पछिल्लो २४ घन्टामा २ महिला र २ पुरूषासहित ४ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेकाे छ ।

Comments

Top