विवाह गर्ने योजनामा अभिनेत्री नम्रता श्रेष्ठ

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ जहाँ जान्छिन् । त्यहाँ अचेल उनलाई विवाहको प्रश्न तेर्सिने गर्दछ । चलचित्र ‘पर्व’को एक कार्यक्रममा पनि उनी माथि यस्तै प्रश्न तेर्सिए ।

 तर, अभिनेत्री श्रेष्ठले भने विवाहको अहिले कुनै योजना नरहेको बताएकी छन् । अभिनेत्री श्रेष्ठले बिबाह गर्ने योजना बनेपछि सबैलाई जानकारी गराउने समेत बताइन् । ‘पर्व’ अर्काे प्रदर्शनमा आउन लागेको चलचित्र हो ।

 चलचित्रको ‘काले दाई’ बोलको गीतले युटुबमा १ करोड भन्दा बढी दर्शक पाएको छ । गीतमा आइट गरेकी अभिनेत्री माला लिम्बु यसैका कारणले चर्चामा छिन् ।चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीलगायतको अभिनय रहेको छ । टिभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको चलचित्रका निर्माता निकिता पौडेल र सुवास गिरी हुन् । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

Comments

Top