विश्वमा कोरोना तथ्यांकः ३ करोड ३५ लाखबढी संक्रमित, १० लाख बढीको मृत्यु

world-corona

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा थप २ लाख २९ हजार ७ सय १० थपिएसँगै हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३५ लाख ४२ हजार ८ सय ७७ पुगेको छ ।

विश्वमा हालसम्म कोरोना संक्रमणबाट १० लाख ६ हजार १ सय २१ जनाको मृत्यु भएको छ भने २ करोड ४८ लाख ७१ हजार ९ सय ९६ जना कोरोना मुक्त भइसकेका छन् ।

विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतक अमेरिकामा पुगेका छन् । अमेरिकामा हालसम्म ७३ लाख ६१ हजार ६ सय ११ संक्रमित पुगेका छन् भने २ लाख ९ हजार ८ सय ८ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । अमेरिकामा हालसम्म ४६ लाख ९ हजार ६ सय ३६ जना कोरोनामुक्त भइसकेका छन् ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा हालसम्म ६१ लाख ४३ हजार १९ जना संक्रमित रहेका छन् भने ९६ जार ३ सय ५१ जनाको मृत्यु भइसकेको छ । भारतमा हालसम्म ५० लाख ९८ हजार ५ सय ७३ जना कोरोना मुक्त भइसकेका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म ४७ लाख ४८ हजार ३ सय २७ जना संक्रमित पुगेकोमा १ लाख ४२ हजार १ सय ६१ जनाले ज्यान गुमाएका छन् भने ४० लाख ८४ हजार १ सय ८२ जना कोरोनामुक्त भइसकेका छन् ।

Comments

Top