बाग्मती प्रदेशमा मात्र हजारबढी नयाँ संक्रमित, चार जनाको मृत्यु

Bagmati

 

काठमाडौं । पछिल्लो २४ घन्टामा बाग्मती प्रदेशमा १ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा देशभर १५१३ जना कोरोना संक्रमित थपिएसँगै हालसम्म ७६ हजार २ सय ५८ संक्रमित पुगेका छन् ।

पछिल्ला दिनमा काठमाडौं उपत्यकामा संक्रमित संख्या बढ्ने क्रम तीब्रगतिमा रहेको छ । देशभर देखिने संक्रमित संख्यामा करिब दुईतिहाई भन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा देखिएका छन् ।

काठमाडौंमा ७४७ जना नयाँ संक्रमित देखिएसँगै पछिल्लो २४ घन्टामा बाग्मती प्रदेशमा १ हजार २८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ललितपुरमा ११४, भक्तपुरमा ७३, चितवनमा ६२, काभ्रेपलाञ्चोकमा १३, मकवानपुरमा ६, धादिङ र नुवाकोटमा ४/४, सिन्धुलीमा ३ र रामेद्धाप र सिन्धुपााल्चोकमा १/१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर १० जना मृतक थपिएकामा बाग्मती प्रदेशमा मात्र ४ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा एक महिला र २ पुरुषका साथै चितवनमा १ पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

 

Comments

Top