छिमेकीको नियतिः भारतमा संक्रमित संख्या ६२ लाख नाघ्यो, करिब ५२ लाख कोरोनामुक्त

ind

 

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतमा संक्रमित हुनेको संख्या ६२ लाख नाघेको छ । पछिल्ला दिनमा तीब्रगतिमा फैलिइरहेको कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा धेरै भारतमा नै संक्रमित संख्या बढीरहेको छ ।

पछिल्लो २४ घन्टामा ८० हजार ५ सय जना संक्रमित संख्या थपिएसँगै भारतमा हालसम्म ६२ लाख २३ हजार ५ सय १९ जना पुगेका छन् । त्यस्तै १ हजार १ सय ७८ जनाको मृत्यु भएसँगै हालसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९७ हजार ५ सय २९ को मृत्यु भएको छ ।

त्यस्तै हालसम्म भारतमा ५१ लाख ८४ हजार ६ सय ३४ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा विश्वभर २ लाख ८६ हजार ७ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् भने ५ हजार ८ सय २१ जना मृतक थपिएका छन् ।

हालसम्म विश्वमा ३ करोड ३८ लाख ३२ हजार ४ सय ३० जना संक्रमित पुगेका छन् भने १० लाख ११ हजार ९ सय ५९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै २ करोड ५१ लाख ३५ हजार ८ सय ८६ जना कोरोनामुक्त भइसकेका छन् ।

Comments

Top