आईपीएल २०२०ः सन्दीप आबद्ध दिल्ली क्यापिटल्स हैदराबादसँग पराजित

hairadabad

काठमाडौं । युएईमा जारी आईपीएलको तेह्रौं संस्करणको आप्mनो तेस्रो खेलमा दिल्ली क्यापिटल्स पराजित भएको छ ।

लगातार तेस्रो खेल जित्ने अभियानका साथ मैदानमा उत्रिएको नेपाली सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्स सनराइज हैदराबादसँग १५ रनले पराजित भएको छ ।

टस जितेर फिल्डिङ रोजेको दिल्लीले सनराइजलाई २० ओभरमा चार विकेट गुमाउँदै १ सय ६२ रनमा खुम्च्याएको थियो । सनराइजका लागि ओपनरद्वय डेभिड वार्नर र जोनी बरिष्टोले क्रमशः ४५ र ५३ रन बनाएर उत्कृष्ट सुरुवात गरेका थिए भने केन विलियम्सले ४१ रन बनाएका थिए । दिल्लीका लागि कासिका राबडा र अमित मिश्राले २÷२ विकेट लिएका थिए ।

त्यसपछि १सय ६३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको दिल्लीले आप्mनो पहिलो ओभरमा नै ओपनर पृथ्वी साहलाई गुमाएको थियो । त्यसपछि केही सम्हालिने प्रयास गरेको दिल्लीले ४२ रन बनाउँदा कप्तान श्रेयस आयरलाई १७ रन बनाउँदै गुमाएको थियो । त्यसपछि हैदराबादका बलरहरुको कसिलो बलिङ सामू खुलेर खेल्न नसकेको दिल्लीले अन्ततः २० ओभरमा ७ विकेट गुमाउँदा १ सय ४७ रनमात्र बनाउन सफल भयो ।

हैदराबादका लागि रसिद खानले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिएका थिए ।

यस जितसँगै सनराइज हैदराबादले जारी आईपीएलमा तेस्रो खेलमा पहिलो जित हात पारेको छ । शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्स भने दोस्रो स्थानमा रहेको छ । आईपीएलको अंकतालिकामा दुई खेलमा जित हात पार्दै राजस्थान रोयल्स ४ अंकसहित शीर्षस्थानमा रहेको छ ।

Comments

Top