नवजातशिशुसहित गण्डकी प्रदेशका थप ३३ मा कोरोना पुष्टी, नवलपुरमा मात्र २८ थपिए

Gandaki

पोखरा । पछिल्लो तथ्यांकअनुसार गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराद्वारा जनाइएअनुसार पछिल्लो रिपोर्टअनुसार नवलपरासी (ब.सु.पू)का २८ जनासहित  कास्कीका चार जना र गोरखाका एक जनामा कोरोना पुष्टी भएको छ ।

नवलपुर जिल्लाका गैंडाकोट नगरपालिकाका १० जना महिला र १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा ६ र ७ वर्षीया बालिकासहितका रहेको जनाइएको छ ।

त्यस्तै कास्की अन्नपूर्ण गाउँपालिकाका १ जना र गोरखा आरुघाटका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

त्यस्तै पोखरा महानगरपालिकाका २० घन्टाको नवजात शिशुसहित ३ जनामा कोरोना पुष्टी भएको छ । पोखरा महानगरपालिका वडा नं. ४ का २० घन्टाको नवजात शिशुमा पनि कोरोना पुष्टी भएसँगै उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनआईसीयूमा भर्ना गरिएको छ ।

यससँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ६६ पुगेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।

Comments

Top