काठमाडाैंमा ६९७ सहित उपत्यकामा थप ९०२ संक्रमित

Corona_Test

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ९०२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार काठमाडौं जिल्लामा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १५५९ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ।

त्यस्तै हालसम्म देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ । त्यस्तै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ । 

 

 

Comments

Top