८ सयको विल काटेर २५ सय असुल्दै गण्डकी मेडिकल कलेज,सेवाग्राही ठगिए

यदुनाथ बञ्जारा पोखरा । पर्यटकीय नगरी पोखरामा सञ्चालित एक अस्पतालको कालो कर्तुत छताछुल्ल भएको छ । पोखरा लेखनाथ महानगरपालिकामा रहेको गण्डकी मेडिकल कलेजले उपचारका नाममा सर्वसाधरणमाथि गरेको अन्याय र अत्याचार बाहिर आएको हो ।

 पोखरा ८ रत्नचोकका विकल पौडेल श्रीमतीको उपचार गर्न गण्डकी मेडिकल कलेज गए । मेडिकल कलेजमा उपचार गर्दा सहुलियत पाइन्छ भन्ने विश्वास लिएका पौडेलको विश्वासमा यतिखेर ठूलो प्रहार गरेको छ गण्डकी मेडिकल कलजेले । त्यहाँको अनियमित असुली थाहा पाएपछि आफू पनि नजाने र अरुलाई पनि नजाने सल्लाह दिने निस्कर्षमा पुगेका छन् ।

 शिक्षण अस्पतालमा जनरल टिकट काटेर उपचार गराइरहेका विकल पौडेलले ल्याव परिक्षणमा व्यापक घोटाला हुने गरेको तथ्य फेला पारेको तथ्य हामीलाई उपलव्ध गराएका छन् ।

 चिकित्सकीय परीक्षणमा त्यस्तो अनियमितता फेला नपरे पनि ल्याव परीक्षणमा तीन गुणा बढी चार्ज असुल्ने गरेको पाइएको प्राप्त रसिद प्रमाणवाट स्पष्ट हुन आएको छ । H. Pylori antigen in stool परीक्षण गर्ने क्रममा विल भन्दा तेव्बर रकम वुझाउन दवाव दिएका थिए । उक्त स्याम्पलको ल्वाव टेस्ट रकम कर सहित ८ सय रुपैयाँ पर्छ, जुन कुरा गण्डकी मेडिकल कलेजले काटेको कर विजकमा स्पष्ट छ । गण्डकी मेडिकल कलेजमा उक्त ल्याव परिक्षण गर्ने मेसिन छैन । मेडिकल कलेजमा ल्याव टेस्ट मेसिन नभएपनि सेवाग्राहीसँग विल काट्ने तर, विलमा हस्तलिखित बढी रकम लेखेर ठगि गर्ने गरेको प्रमाणित हुन आएको छ ।

 आफ्नो कलेजमा नभएको ल्याव टेस्ट अन्यत्र पठाएर कर छलेर मोटो कमिशन खाने खेल गण्डकी मेडिकल कलेज प्रशासनले खेलिरहेको छ । आठ सय रुपैयाको विल काटेर २५ सय रुपैयाँ वुझाउन विरामीका आफन्त विकल पौडेललाई दवाव दिएपछि पौडेलले किन बढी पैसा तिर्ने मेरो स्याम्पल ल्याउनुस् म आफै बाहिर टेस्ट गराएर रिपोर्ट ल्याउछु भनेर अडान लिएपछि मेडिकल कलेजका कर्मचारीले हातले लेखेको Received this and pay 2500 अंकित वाक्यलाई केरमेट गरेर Refond this H. Pylori लेखेर स्याम्पल फिता गरिएको छ । उक्त स्याम्पल आठ सयमा युनाइटेड रिफरेन्स लयावरेटोरीवाट टेष्ट गराएर ल्याएको विकल पौडेलले यस साप्ताहिकलाई विल प्रमाण सहित वुझाएका छन् । गण्डकी मेडिकल कलेजले उक्त स्याम्पल टेस्ट वापत २५ सय रुपैया लिएर न्यूरोड स्थित लाइफ केयर डाइनोस्टिक सेन्टरमा परिक्षण गर्न दवाव दिएको पौडेलले खुलस्त पारे ।

 टेस्ट गर्ने मेसिन भए यहि (जिएमसीमै) गर नत्र वाहिर लाने भए म आफै गरेर ल्याउछु भनेर अडान लिएपछि वल्ल तल्ल स्याम्पल दिएका हुन पौडेलले भने । ८ सयमा हुने जाँच शुल्कलाई २५ सय रुपैयाँ लिने र मोटो कमिशन खाएर बजारका अन्य ल्यावहरूमा पठाउँदै सेवाग्राहीलाई डस्ने काम गण्डकी मेडिकल कलेजको यो पहिलो हैन । विकल पौडेल सचेत युवा भएका कारण मात्र यो प्रकरण वाहिर आएको हो यस्ता ठगि घटना दैनिक जसो दर्जनौं सेवाग्राहीमा हुन सक्ने कतिपयले टिप्पणी गरेका छन् ।

 स्टुल टेस्ट गर्ने मेसिन राख्न नसक्नु गण्डकी मेडिकल कलेजका कर्मचारीहरूका लागि विचौलिया बनेर मोटो रकम कमिशन खाने वलियो आधार बनेको छ । कलेजका कर्मचारीहरूले लाइफकेयर डाइग्नोष्टिकलाई स्याम्पल पठाउने कार्य पनि योजनावद्ध रहेको तथ्य यस अघि पनि यस साप्ताहिकले उजागर गरिसकेको छ जुन घटनालाई पछिल्लो प्रमाणले थप पुष्टि गरेको छ । आठ सयको कर विजक काटेर २५ सय लिंदा १७ सय को कर सिधै छलि हुने गरेको छ भने सेवाग्राही ठगिने कुरा त सामान्य नै हुन सक्छ । स्वास्थ्य क्षेत्रमा हुने चरम लुटतन्त्र र उपभोक्ता ठगी घटनालाई हेर्ने राज्यका विभिन्न निकायहरूको ध्यान जान जरुरी छ ।

 राज्यका निकायले निगरानी र कारवाही नगर्ने हो भने सचेत जनताले आफै आफ्नो अधिकार प्रयोग गरेर अनियमितता, कमिशन तन्त्र र ठगिका घटनालाई वाहिर ल्याउन सकृय हुनुपर्छ । नागरिक सचेत हुन सके मात्र पनि यस्ता विचौलिया ठगि र कर छलिका घटनाहरू स्वतः न्यूनिकरण हुने निश्चित छ । तोकिए भन्दा वढी पैसा मैले किन तिर्ने ? यहि एउटा प्रश्न नै काफी हुन सक्छ अनियमितता न्यूनिकरणका लागि सेवाग्राही आफै सचेत नवने सम्म यस्ता गुह्य धन्दा वाहिर आउँदैन त्यो भयो भने कमिशन खोरी प्रवृत्ती जारी रहन्छ ।

 जुन सेवा गण्डकी मेडिकल कलेजले दिन सक्दैन, मेसिन नै उपलव्ध छैन भने बाहिर पठाउने स्याम्पलको लागि रकम किन असुल्ने ? सेवा दिने सोच हो भने लाग्दो शुल्क मात्र लिएर गर्न सकिन्थ्यो । तर, कलेजका कर्मचारी र वाहिरका ल्याव सञ्चालकको मिलेमतोका कारण यो धन्दा मौलाइ रहेकोछ । अरबौं लगानी गरेको गण्डकी मेडिकल कलेजले डेड दुई करोडको मेसिन राख्न नसक्दा भएको भद्धा कमिशनको खेलका कारण ठूलो वद्नामी कमाउन परेको छ । यस विषयमा कलेजका सञ्चालकहरूले सोचेर मात्र हुँदैन आफ्नो साख बचाउने हो भने अनियमितता र कमिशन खोरहरूको विषयमा सत्य तथ्य छानविन गर्नुपर्छ । हैन भने सेवाग्राही ठग्ने यो प्रकरणमा कर्मचारी प्रशासक देखि सञ्चालक सम्मको संलग्नताको आशंका गर्न सकिन्छ ।

Comments

Top