चितवनका पत्रकार अधिकारी दम्पतीलाई कोरोना पुष्टी

Corona_Test


चितवन । राष्ट्रिय समाचार समिति (रासस) चितवनका प्रमुख नारायण अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपाल पत्रकार महासङ्घ चितवनका उपाध्यक्षसमेत रहेका अधिकारीको बुधबार चितवन मेडिकल कलेजको कोभिड–१९ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस अघि मङ्गलबार उनकी धर्मपत्नी सुजाता पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु दुवै जना होम आइसोलेसनमा रहेका छन् । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नियमित रिपोटिङमा हिड्ने क्रममा आफू सङ्क्रमित भएको अधिकारीले बताए । उनले भने, “मेरो स्वास्थ्य अवस्था अहिले सामान्य छ, हल्का टाउको दुख्नु बाहेक अन्य लक्षण देखिएको छैन ।” चितवनमा बुधबार एकैदिन ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Comments

Top