नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघ्यो

Died_Corona1

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालभर थप ११ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५०९ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १९११ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ।

त्यस्तै हालसम्म देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।

Comments

Top