नेपालमा एकैदिन २७२२ नयाँ संक्रमित थपिए

Corona_Update

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २७२२ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ। नेपालमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् ।

देशभर पछिल्लो २४ घन्टामा देशभर १४ हजार ७ सय ३९ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । 

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ३३०७ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६० हजार ६ सय ८९ पुगेको छ ।

 

Comments

Top