प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

KP Oli

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षण रिपोर्ट नेटेटिभ आएको छ ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकारसहित सचिवालयका चार जना सदस्यलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो बढेपछि प्रधानमन्त्रीका निजी सचिवालयले उनको पिरिआर परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र सुरक्षा प्रमुख महासेनानी अच्युतम भण्डारीलाई कोरोना संक्रमण भएको छ । उनीहरू सवैको कोरोना परीक्षण अघि प्रधानमन्त्री ओलीसहित स्वकीय सचिव राजेश बज्राचार्यको पिसिआर परीक्षण गरिएको थियो । 

प्रधानमन्त्री ओलीको बिहीवार पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । प्रधानमन्त्रीले पिसिआर रिपोर्ट आएपछि शुक्रवार सचिवालयका सदस्य र सुरक्षा प्रमुखको पिसिआर परीक्षण गरिएको हो । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओलीको पिसिआर परीक्षणपछि संक्रमित भएका सल्लाहकारसहित कसैसँग भेटघाट नभएको बताएको छ ।

Comments

Top