भारतमा कोरोना संक्रमित हुनेको संख्या ६६ लाख नाघ्यो, कोरोनामुक्त हुनेमा भारत शीर्षस्थानमा

ind

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ६६ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ७६७ जनामा संक्रमण देखिएको छ ।योसँगै भारतमा संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ८३ हजार ४५३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ३६ हजार १३ जनाको उपचार भइरहेको छ । कारोना संक्रमणबाट मुक्त हुनेमा भारत विश्वकै शीर्षस्थानमा रहेको छ । अहिलेसम्म भारतभन्दा करिब १० लाख बढी संक्रमित रहेको अमेरिकामा भारतमा भन्दा करिब ७ लाख कम संक्रमित निको भएका छन् ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २ हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Comments

Top