आइपीएल २०२०ः लयमा फर्कँदै चेन्नाई, पञ्जाबविरुद्ध १० विकेटको जित

chennai

 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा चेन्नाई सुपर किंग्सले १० विकेटको शानदार जित हासिल गरेको छ । भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा सुरु गरेको चेन्नाईले जारी आइपीएलमा पाँचौं खेलमा दोस्रो जित हात पारेको हो । यससँगै चेन्नाईले जारी आईपीएलमा उत्कृष्ट पुनरागमन गरेको छ ।

किंग्स ११ पन्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले विना विकेटको क्षतिमा १७।४ ओभरमा पूरा पर्यो ।

चेन्नाइको जितमा ओपनरद्वय शेन वाटसन र फाप डु प्लेसिसले १८१ रनको साझेदारी गरे । वाटसनले ५३ बलमा ११ चौका र ३ छक्काको मद्दतमा ८७ रन बनाए । यसैगरी प्लेसिसले पनि ५३ बलमा ११ चौका र १ छक्काको मद्दतमा ८३ रन बनाए । वाटसन म्यान अफ द म्याच भए ।

यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । केएल राहुलले सर्वाधिक ६३ रन बनाए । मयंक अग्रवालले २६, मन्दिप सिंहले २७ र निकोलस पुरनले ३३ रन बनाए । यसैगरी नटआउट हुँदै ग्लेन म्याक्सवेलले ११ र सर्फराज खानले १४ रन जोडे ।

बलिङतर्फ शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियुष चावलाले १–१ विकेट लिए ।

 

Comments

Top