प्रदेश ५ को स्थायी राजधानी 'भालुवाङ' र नाम 'लुम्बिनी' रहने प्रस्ताव दुइ तिहाइले पारित

5 pradesh

बुटवल । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

लामो समयको विवादपछि प्रदेश नं. ५ को स्थायी राजधानी निश्चित भएको हो । त्यस्तै प्रदेश नं. ५ को नाम लुम्बिनी प्रदेश पनि पास भएको जनाइएको छ । 

प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो। ८३ जनाले भोट हालेका छन्।

लुम्बिनी नाम राख्ने पक्षमा  ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिए।

 

 
 

Comments

Top