देशभर थप १५५१ जना नयाँ संक्रमित, एकैदिन २३४० डिस्चार्ज

Corona_Update

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १५५१ जना नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ।

देशभर पछिल्लो २४ घन्टामा देशभर ११ हजार ४७ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २३४० जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।

 

Comments

Top