विश्वमा कोरोनाः संक्रमित संख्या ३ करोड ६० लाख नाघ्यो, १० लाख ५३ हजार बढीको मृत्यु

world-corona

काठमाडौं । विश्वमा पछिल्लो २४ घन्टामा ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वभर ३ लाख ५ हजार ४ सय १४ संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या ३ करोड ६० लाख २६ हजार ८ सय २ पुगेको छ ।

त्यस्तै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० लाख ५३ हजार ९ सय २६ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र विश्वभर ५ हजार ४ सय ४० जनाको मृत्यु भएको छ ।

त्यस्तै हालसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या २ करोड ७१ लाख ३० हजार २९ जना पुगेको छ । ती मध्ये सबैभन्दा धेरै भारतमा रहेका छन् । भारतमा हालसम्म ५७ लाख ४१ हजार २ सय ५३ संक्रमण मुक्त भएका छन् । त्यस्तै अमेरिकामा हालसम्म ४९ लाख २६ हजार ९ सय ८० संक्रमण मुक्त भएका छन् ।

हालसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा पुगेका छन् । अमेरिकामा हालसम्म ७७ लाख १७ हजार ९ सय १८ संक्रमित पुगेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख १५ हजार ७ सय २९ पुगेको छ । त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा हालसम्म ६७ लाख ५४ हजार १ सय ७९ जना संक्रमित पुगेका छन् । पछिल्लो २४ घन्टामा मात्र भारतमा ७२ हजार १ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४ हजार ५ सय ९१ पुगेको छ ।

त्यस्तै संक्रमितको सूचीमा तेस्रो र ज्यान गुमाउनेको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म ४९ लाख ७० हजार ९ सय ५३ संक्रमित पुगेका छन् भने १ लाख ४७ हजार ५ सय ७१ जनाले ज्यान गुमाइसकेका छन् ।

 

Comments

Top