महिलाको सम्मान गरौ, महिला हिसाविरुद्ध सशक्त ढंगले लागौं

Dr Manish

समाजमा शोषण, दमन र उत्पिडन आर्थिक हैसियत, श्रोत र साधन र सम्पत्ति माथिको पउँच अनि शिक्षा र सामाजिक चेतनाका कारण हुने गर्दछ। शिक्षा, अभाव, गरिबी र शारीरिक रुपमा निर्बलियो भएको कारण महिलाहरुले अनेक खालका हिंसा, शोषण र उत्पिडन बेहोर्नु परेको छ। त्यो पंक्तिमा समाजमा पछाडी परेका दलित र उत्पीडित जाती समेत पर्दछ्न् ।

हिजोको राज्य सामन्तबादी थियो, जनता शिक्षित थिएनन्, महिला चेतनशील थिएनन् । जस्को कारण विधि र कानुनद्वारानै महिलामाथी खुलमखुल्ला हिंसा हुन्थ्यो। सति प्रथा, एकल महिला माथि समाजिक दमन, बोक्सीको नाउँमा उत्पिडन बलत्कार, बहुबिबाहको बैधानिक अधिकार, दाइजो दिनु पर्ने दबाब, सासू, ससुरा, श्रीमान लगाएतको सेवामा दासी झै हुनु पर्ने बाध्यता थियो।

सामाजिक रुपमा भोगिएका यो उत्पिडनका अलावा लामो समयसम्म महिलाले मताधिकार पाएनन् । अंश र सम्पतिमा अझै उचित अधिकार पाएका छैनन् ।नागरिकता र आधिकारिक डकुमेन्टमा आमाको नाम अझै समाबेस गर्न हिच्किचाइन्छ। सभा सम्मेलन जस्ता कार्यक्रममा मंचमा बस्ने र बोल्नेमा महिला उपस्थिती न्यून छ। त्यस्तै श्रममा शोषण कायममै छ। समान काममा पुरुषभन्दा महिलालाई आधा ज्याला र खाजा समेत आधा दिइन्छ।

शिक्षामा पुरुषले पढ्नु पर्ने अनि महिलाले नपढे पनि हुने । पछिल्लो बेला छोराछोरी पढाउने चेतना त छ तर पनि छोरा बोर्डिङ स्कुल छोरी सरकारी स्कुलमा पढाउने गरिन्छ ।  पुरुषले हिसां गरे बहादुर कहलिन्छ। महिला अलि सक्रिय भए चरित्रहीन भनिन्छ।

अबका महिला उच्च शिक्षा हासिल गरेका छन्। उच्च ओहोदामा छन्। अब सबै महिलाले ह्त्या हिंसा र दमन विरुद्ध सशक्त आवाज उठाउनै पर्दछ। घरमा हुने जस्तो सुकै घरेलु हिंसा सहने होइन, उजागर गर्दै कार्बाहीको दायरामा ल्याउनु पर्दछ। अफिस, कारखाना वा कार्य क्षेत्रमा हुने हिंसा र दमनको पनि खुलेर प्रतिबाद गर्नुपर्दछ र कारबाहिको दायरामा ल्याउनुपर्दछ।

समाजको जो सुकै माथी हुने हत्या, बलत्कार, एसिड प्रहार, अपहरण,अत्माहत्या गर्न बाध्य पर्ने परिस्थिती, जस्ता घटनाको विरुद्ध सिङ्गो समाज एक भएर सामना गर्नु पर्दछ। अपराधीलाई कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन राज्यका सबै संयन्त्र प्रभावकारी ढंगले लाग्नुपर्दछ। अनि मात्र निर्मला पन्तको आत्माले न्याय पाउनेछ।

हजारौ पिडित शोषितले हिंसा र विभेदबाट मुक्त भएर बाँच्न पाउँछन्। पछिल्लो बेला प्रहरी प्रशासनले खेलेको भुमिका बिगतको भन्दा राम्रो छ अझै प्रभाबकारी बनाउन आवस्यक छ। सरकारले जसरी अध्यादेस मार्फत एसिड प्रहार गर्नेलाई कारवाही गर्ने निर्मम कानुन ल्याएर सर्बत्र प्रशंसा पनि पाएको छ।

यसैगरी बलत्कारीलाई संबिधान संशोधन गरेर भएपनि मृत्युदण्ड दिनु पर्दछ भन्ने आवाज सर्बत्र उठेको छ। यो पक्षमा पनि ध्यान दिनु आवश्यक छ। हामी महिलाहरु पनि सचेत र सजग हुने, सेल्फ डिफेन्स गर्ने, कुरामा ध्यान दिदै तालिम, प्रशिक्षण लिने। आवश्यक पर्दा एकजुट हुने। सरकार र सरोकारवाला निकायलाई सुचना दिने र सजग गराउदै झक्झकाई रहने। यति मात्र गर्यो भने पनि महिला हिंसा रोक्न धेरै गर्न सकिन्छ।

अन्त्यमा कमसेकम हामी महिलाले आमा, सासु, बुहारी, नन्द, आमाजु, भाउजू ,छोरी मा बिभेद नगरौ अपमान नगरौ। सकारात्मक सोच भएका महिलालाई सम्मान र समर्थन गर्ने पुरुषहरुको पनि साथलिंउ। सबैले हातेमालो गरेर महिलाको सम्मन गरौ। महिला हिसां बिरुद्ध सशक्त ढंगले लागौं।

Comments

Top