काठमाडौंमा १११६ सहित उपत्यकामा १४०९ संक्रमित थपिए

Corona_Test

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । १३ हजार २७९ जनाको परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित भेटिएका हुन् ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । यससँगै हालसम्म देशभर संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । त्यस्तै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ सय पुगेको छ ।

नेपालमा हालसम्म ७३ हजार २३ जना कोरोनामुक्त भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित