छिमेकीको नियतिः भारतमा संक्रमित संख्या ७० लाख नाघ्यो, १ लाख ८ हजार बढीको मृत्यु

ind

काठमाडौं । पछिल्ला दिनमा संक्रमित संख्यामा कमी देखिए पनि भारतमा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ । पछिल्लो २४ घन्टामा भारतमा थप ७४ हजार ५ सय ३५ मा संक्रमितको संख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६० लाख ७४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६८ हजार ३०९ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ८ हजार ३७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ९२१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित