कोरोनाबाट भरतपुर महानगरपालिकाका वडाध्यक्षको मृत्यु

Bharatpur

चितवन । चितवनस्थित भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट निधन भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान निधन भएको जनाइएको छ ।

भरतपुर अस्पतालमा असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएपछि २३ गते भरतपुर अस्पताल भर्ना गरिएकोमा आज बिहान उनको मृत्यु भएको जनाइएको छ ।

चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो जनप्रतिनिधि हुन् । स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसकातर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उनको निधनमा भरतपुर महानगरपालिकाले शोक वक्तव्य निकालेको छ। 

 

प्रतिक्रिया

सम्बन्धित