देशभर थप ९ जनाको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुग्यो

Died_Corona1

 

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालभर थप २२ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६४५ पुगेको हो ।

पछिल्लो २४ घन्टामा देशभर २ महिला र ७ पुरूषको मृत्यु भएको छ । 

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ४०४७ जना  नयाँ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप १४७३ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७७ हजार २७७  पुगेको छ ।

 

Comments

Top