नेपालमा कोरोनामुक्त जिल्ला मनाङमात्र रह्यो, यी हुन् ५ सय भन्दा बढी संक्रमित रहेका ११ जिल्ला

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३५५६ जना नयाँ संक्रमित थपिएसँगै देशभरका मनाङबाहेक ७६ जिल्लामा कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् । गौतमका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ।

देशभर पछिल्लो २४ घन्टामा देशभर १५ हजार ५ सय ७७ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । यससँगै देशभर हालसम्म १२ लाख ७ हजार ९१ जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ ।

काठमाडौंमा १७४६ जना, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना गरी उपत्यकामा मात्रै २१२९ नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर पाँच सय भन्दा बढी संक्रमित रहेका ११ जिल्ला रहेका छन् । गौतमका अनुसार मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, दाङ, बाँके र रुपन्देही रहेका छन् । त्यस्तै शुन्य संक्रमित रहेका जिल्लामा मनाङमात्र रहेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप १५०३ जना कोरोना मुक्त भएका छन् । अहिलेसम्म ७८ हजार ७ सय ८० जना डिस्चार्ज भएका छन् ।

 

Comments

Top